जीतपुरसिमरामा एमालेबाट प्रमुखमा १० र उपप्रमुखमा ५ जनाको नाम सिफारिस
टुडेपाटी–
वीरगञ्ज, बैशाख ६ गते ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले उम्मेद्वारका बनाउन नगर प्रमुखमा १० जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ ।
नगर कमिमिटी अध्यक्ष भोला अधिकारीले जिल्ला अध्यक्ष विनोद साहमार्फत जिल्ला कमिटीमा सोमबार नाम सिफारिस गरेका हुन् ।
केन्द्रले एक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि सहमति नजुटेपछि आकांक्षी सबैको नाम सिफारिस गरिएको हो ।
जीतपुरसिमराको मेयरका लागि मनोज पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी, एमाले नेताहरु कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेव चौधरी, प्रल्हाद साह, राधेश्याम सिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस भएको हो ।
त्यस्तै उपमेयरमा नगर कमिटी अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेनु रिमाल, नेताहरु अशोक लामा, कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको छ ।
Sponsored
अध्यक्ष अधिकारीले मेयर र उपमेयरका उम्मेदवार हुन इच्छुक सबैको नाम सिफारिस गरिएको जानकारी दिए ।