TodayPati

मधेश प्रदेशमा एमाले र राजपा जितेको पालिकामा तालमेल गर्न आज पनि सत्तगठबन्धनको बैठक

टुडेपाटी-
जनकपुरधाम, बैशाख ६ गते ।

मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बसिरहेको छ ।

२०७४ को स्थानी तह निर्वाचनमा नेकपा एमाले र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) जितेको ३४ पालिकाको भागवण्डा मिलाउन गठबन्धन बैठक बसेको हो ।

Sponsored

सोमबार बसेको बैठकमा अन्य पालिकाहरुमा आवश्यक्ता र औचित्यको आधारमा तालमेल र एमाले र राजपा जितेको पालिकामा तालमेल गर्ने निर्णय गरेको थियो ।

राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलबीच छलफल हुनेछ भने त्यसका लागि कसरी जाने भनी मापदण्ड निर्धारण गर्ने आन्तरिक गृहकार्य आजको बैठकमा भइरहेको नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सचिव योगकुमार बरबरियाले जानकारी दिए ।

३४ पालिकामा कुरा नमिलेमा गठबन्धन दल बाहेककाहरुसँग तालमेल निर्वाचन लड्न नपाउने हुनाले गठबन्धनका घटक दलसँगै वा एक्लै निर्वाचन लड्नुपर्ने उनले बताए ।

Sponsored

आइतबारदेखि निरन्तररुपमा जारी रहेको गठबन्धनको बैठकमा सोमबार पाँच वटै दलका जिल्ला अध्यक्षहरूसँग जिल्लागत र पालिकाको वस्तु अवस्था तथा विपक्षी दलको वस्तु अवस्था बुझ्ने काम भएको र आज पनि केही जिल्लाका अध्यक्षहरूसँग छलफल हुनेछ। जिल्ला अध्यक्षहरूसँग बैठक सकिएपछि आज दिउँसोसम्म मधेस प्रदेशको गठबन्धनको बैठकबाट मोडालिटीसहितको निष्कर्ष सम्भावना छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *