बर्दिवासमा कृषि क्रान्ति ल्याउन मेयर पदमा दावेदारी : युवा नेता महतो
टुडेपाटी-
महोत्तरी, बैशाख ६ गते ।
कृषिमा क्रान्ति ल्याउन आफुले महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर पदमा दावेदारी दिएको नेकपा माओबादी केन्द्रका युवा नेता शंकर महतोले बताएका छन् ।
नेता महतोले वर्दिवासको कृषिक्षेत्रमा आमुल्य परिवर्तन ल्याउनका लागि आफुले मेयरपदको लागि दावेदारी गर्दै आएको बताएका छन् ।
सिंचाई, कृषि विद्युतीकरण, वजारीकरणतर्फ समयमै ध्यान दिने हो भने निश्चित रुपमा वर्दिवास नगरपालिका मधेश प्रदेशकै उत्कृष्ट एवम् नमुना नगरपालिका बन्न सक्ने नेता महतोले दावी गरेका छन् ।
उनले भने, ‘यहाँ किसानलाई वहुउपयोगीको रुपमा रहेको कृषिवजार, चिस्यान केन्द्रको अत्यन्त आवश्यक छ । खोलैखोलाले घेरिएको नगरको दक्षिणक्षेत्र पशुपतिनगर, किसाननगर, प्रेमनगर, विजलपुरामा यसको अति नै आवश्यकताको किसानले महसुस गरेका छन् । जुन पछिल्लो समयमा सम्भवना रहेतापनि स्थानिय सरकारको प्राथामिकताको विषयमा पर्न सकेन् । जसको कारण बर्षायाममा त्यसभेगका किसानहरु उत्पादन गरेको सामग्रीहरु विक्री गर्नका विभिन्न किसिमको कठिनाईसँग सामना गर्न वाध्य भएका छन् ।’
स-सना वजारलाई केन्द्रिकृत बनाई एकीकृत रुपमा वजार बनाउनुपर्ने आवश्यक रहेको नेता महतोले जोड दिएका छन् ।
Sponsored
उनले थपे, ‘त्यस वजारलाई लिंक रोडसँग जोडेर, पुल निर्माण गरिनुपर्छ । कोल्डस्टोर्स निर्माण गरि किसानमैत्री वजारको निर्माण गर्नुपर्छ । किसानलाई अधिक फाईदा हुने व्यापारीकरण, व्यवसायीकरण, औद्योगिकरण, अगाईनिक खेतीलाई जोड दिने हो भने वर्दिवास नमुना बन्न सकिन्छ ।’
माटो , खेती र किसानलाई लक्षित गरि विकास निर्माण गर्ने हो भने वर्दिवासको अवश्यक मुहार फेरिन सकिने महतोले विश्वास गरेका छन् । नगर विकासको अत्याधिक सम्भावना रहेको वर्दिवासको स्वरुप फेरिनका लागि शिक्षा, स्वास्थ्य, रोजगार लगायतका चौतर्फी विकासको आवश्यकताउपर महतोले जोड दिएका छन् ।