TodayPati

बटेश्वर गाउँलिका अध्यक्ष पदका लागि एमालेबाट ९ जनाको नाम सिफारिस

टुडेपाटी-
जनकपुरधाम, बैशाख ६ गते ।

नेकपा एमालेले धनुषाको बटेश्वर गाउँपालिकाबाट अध्यक्ष पदका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।

गएको सोमबार आठ लाख घुस काण्डमा परेका बर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका डम्बर बहादुर राउत क्षेत्रीले छलेर एमालेको गाउँकमिटी बैठक गरी आफ्नो एकल नाम सिफारिस गराएका थिए ।

Sponsored

सो विषयलाई लिएर पार्टी भित्र विवाद चुलिएपछि गत शुक्रबार पुनः बसेको एमालेको गाउँ कमिटी बैठकले सो निर्णयलाई मान्यता नदिने र पुनः पालिका अध्यक्षको उम्मेदवारहरुको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको थियो ।

आइतबार फेरि बसेको एमाले गाउँ कमिटीको बैठकले क्षेत्री लगायत ९ जनाको नाम सिफारिस गरेको हो ।

वडा नं. १ बाट रामखेलावन महतो, वडा नं. ३ बाट हिरालाल महतो र दिलीप लामा, वडा नं. ४ बाट वर्तमान गाउँपालिका अध्यक्ष क्षेत्री, अमर कटुवाल शैलेन्द्र कटुवाल र रामपुकार महतो, वडा नं. ५ बाट श्याम महतो र इन्दिरा श्रेष्ठको नाम सिफारिस गरेको एमालेले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *