मधेश प्रदेश : एमाले र लोसपा जितेको पालिकामा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
टुडेपाटी-
जनकपुरधाम, बैशाख ५ गते ।
मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जितेका गाउँ÷नगर पालिकामा सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ ।
जनकपुरमा आज बसेको सत्तारुढ पाँच दलका प्रदेश स्तरिय नेताहरुको बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा ती पालिकाहरुमा गठबन्धन गर्ने निर्णय भएको हो ।
बैठकमा सहभागी कांग्रेस प्रदेश कोषाध्यक्ष प्रदिप यादवका अनुसार बाँकी पालिकाहरुमा आवश्यक्ता अनुसार गठबन्धन गर्ने सत्तारुढ दलहरु सहमत भएका छन् ।
‘प्रदेशभरमा लोसपा र एमाले जितेका ३३-३४ पालिकाहरुमा जसरी पनि गठबन्धन गर्ने र बाँकी पालिकाहरुमा आवश्यक्ता हेरी गठबन्धन गर्न हामी सहमत भएका छौँ,’ उनले भने ।
अन्य पालिकाहरुमा भने सत्तारुढ दलहरुबीच प्रतिष्पर्धा हुनेछ । कांग्रेस नेता यादवका अनुसार गठबन्धनमा भागबण्डारे पालिकास्तरमै गठबन्धनका नेताहरुले निर्णय लिनेछन् ।
Sponsored
गठबन्धन कुन पालिकामा आवश्यक रहेकोबारे पाँचवटै दलका जिल्ला सभापतिले सोमवार रिर्पोट बुझाउने र मंगलवार हुने प्रदेशस्तरीय नेताहरुले निर्णय गर्ने कार्ययोजना रहेको कांग्रेस कोषाध्यक्ष यादवले बताए ।