TodayPati

भारतको आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

एजेन्सी-
जनकपुरधाम, बैशाख ५ गते ।

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

आइतबार भएको भीषण वर्षासँगै परेको चट्याङ पर्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

Sponsored

आसाममा शुक्रबारदेखि आइतबारसम्म व्यापक वर्षा भएको हो ।

वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएाको छ ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार ८ जनाको मृत्यु भएको हो भने आइतबार थप ६ जनाको ।

Sponsored

यहाँ चट्याङबाट मात्र अरु धेरै व्यक्ति घाइते भएका पनि अधिकारीले जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *