TodayPati

भारतबाट करिब पाँच रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य

टुडेपाटी–
काठमाडौं, बैशाख ५ गते ।

भारतबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

Sponsored

पेट्रोलको मूल्य घटेर आएपनि डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका सहायक प्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०।३८ पैसा बढेको हो ।

उनका अनुसार नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ३ अर्ब ७३ करोड नोक्सान छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *