आर्थिक संकटमा रहेको श्रीलंकामा मन्त्रीपरिषद विस्तार
एजेन्सी-
काठमाडौं, बैशाख ५ गते ।
आर्थिक संकटबाट गुजि्ररहेको श्रीलंकामा मन्त्रीपरिषद् वितार भएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपेका हुन् ।
बैशाखको पहिलो साता पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो।
राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागेपनि सबैले अस्वीकार गरेका थिए ।
विदेशी मुद्रा सञ्चितिको ह्रासका कारण श्रीलंकामा ठूलो मात्रामा विद्युत् कटौती भएको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ । जसका कारण श्रीलंकाका जनताले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।
Sponsored
सन् १९४८ पश्चात श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।