TodayPati

मधेश प्रदेश : जसपाका मेयर सहित १८ जना वडाध्यक्ष एमालेमा प्रवेश

टुडेपाटी–
सर्लाही, बैशाख ३ गते ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सर्लाहीमा एक मेयर सहित १८ जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिवार मलंगवामा आयोजित कार्यक्रममा जिल्लाको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८जना वडाध्यक्ष एमालेमा प्रवेश गरेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले बताए ।

Sponsored

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास राय लगायतका नेताहरू समेत एमाले प्रवेश गरेका हुन् ।

एमालेको जिल्ला प्रमुख दुई पटक भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए ।

शनिवार एमालेमा फर्किँदै ढुंगानाले अब बाँकी जीवन एमालेको उत्थानमा लगाउने बताए ।

Sponsored

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैजनालाई प्रवेश गराएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *