TodayPati

महानगर–उपमहानगरका उम्मेदवारको टुंगो लगाउन कांग्रेसको बैठक सुरु

टुडेपाटी–
काठमाडौँ, बैशाख ३ गते ।

महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो ।

Sponsored

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारीबारे छलफल हुने बताइएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महानगर एवम् उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा एक मात्र एजेन्डा तय गरिएको जानकारी दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *