माओवादीको चुनाव प्रचार पोस्टरमा कुलमानको फोटो आएपछि निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
टुडेपाटी–
काठमाडौं, बैशाख १ गते ।
नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट घिसिङको फोटो राखिएको निर्वाचन प्रचार सामग्री पोस्ट भएको थियो ।
आयोगले फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा घिसिङसँग सहमति भएको अथवा नभएको भनि स्पष्टीकरण माग्ने निधो भएको स्रोतले जनाएको छ ।
सहमति नभएको भए त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा उजुरी किन नगरेको भनेर स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ ।
Sponsored