जनकपुरधाम उपमहानगरको चुनावका लागि जानकीरामद्वारा सम्पर्क कार्यालय स्थापना
टुडेपाटी–
जनकपुरधाम, बैशाख १ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका आकांक्षी रहेका जानकी राम साहले सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा साहले बिहिवार नगरको विभिन्न स्थानमा पाँचवटा सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वर्तमान वडाध्यक्ष रहेका साहले अब मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोहीको तयारी अनुरुप सम्पर्क कार्यालयको स्थापना गरेका हुन् ।
सम्पर्क कार्यालयको स्थापना गर्दै साहले जनकपुरधामको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे ।
उनले जनकपुरधामको विकासका लागि पवित्र मन, दृढ़ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यकता रहेको भन्दै जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे ।
Sponsored
जनकपुरधाम मधेश प्रदेशको राजधानी भएपनि यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोप लगाउँदै उनले नयाँ जोश, सोच, परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा दावेदारी रहेको दावी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीले उपमहागरपालिकाका लागि ५ जनाको नाम सिफारिस गरेकोमा साह पनि एक हुन् । सबै दलबाट लगाएर भने मेयर पदका लागि एक दर्जनभन्दा बढी आकांक्षी रहेका छन् ।