TodayPati

अध्यादेशबाट भएपनि मधेशमा प्रहरी भर्ना गर्छौं : मन्त्री साह

टुडेपाटी–
जनकपुरधाम, बैशाख १ गते ।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री मन्त्री भरतप्रसाद साहले अध्यादेश मार्फत् प्रहरी भर्ना गर्ने बताएका छन् ।

मन्त्री साहले बैशाख ३० गतेसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताए ।

Sponsored

बिहीबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरुले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।

उनले भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अबिलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’

उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै जाने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *