मधेश प्रदेश : मोबाइल हेर्न नदिँदा आफ्नै चारसाथी मिलेर हत्या गरे, शव पोखरीमा फाले
टुडेपाटी-
जनकपुरधाम, चैत ३० गते ।
मधेश प्रदेशको सप्तरी जिल्लामा मोबाइल हेर्न नदिएको निहुमा आफ्नै साथीहरु मिलेर एक युवकको हत्या गरेर पोखरीमा फालेको खुलेको छ ।
फागु पुर्णिमाको साँझ सप्तरीका चार जना युवाले सँगै बसेर गाँजा खाएर सप्तरीको रुपनी गाउँपालिका ५ का २५ वर्षीय अंसारुल मियाँको हत्या गरेको खुलेको छ ।
हत्याको कारण साथीहरुलाई उनले मोबाइल हेर्न नदिनु रहेको खुलेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले बताए ।
भोलिपल्ट उनका बुबा ताहिर मियाँ छोरो हराएको भन्दै प्रहरी कार्यालय पुगे। प्रहरीले सबैतिर उनको खोजी गर्यो। फेला पार्न भने सकेको थिएन।
तीन दिनपछि चैत ७ गते बिहान ९ बजेतिर समर्थ सिंहको पोखरीमा अंसारुलको शव उत्रियो ।
Sponsored
अंसारुलको हत्या अभियोगमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्यो रात उनीसँगै गाँजा खाने तीन जना छन्। उनीहरुले हत्या गरेको स्वीकार गरेको काफ्लेले बताएका छन्।
पक्राउ पर्ने तीनै जना सोही गाउँका हुन्। रुपनी ५ कै २१ वर्षीय रामप्रवेश खंग, २० वर्षीय दीपककुमार खंग र २१ वर्षीय लालु भन्ने जयराम खंग रहेका छन्।
‘उनीहरुबीच मोबाइल हेर्ने विषयमा झगडा भएको रहेछ। अंसारुलले आफ्नो मोबाइल हेर्न अलाई दिएन छन्। त्यही विषयमा झगडा हुँदै जाँदा हत्या भएछ’, डीएसपी काफ्लेले भने।
हत्यापछि शव पोखरीमा डुवाउनका लागि उनीहरुले इट्टा बाँधेर फालिदिएका थिए। तर पोखरीमा पानी घटेपछि शवको केही भाग देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
२० दिन लामो अनुसन्धानपछि प्रहरीले सोही ठाउँका तीन जनालाई पक्राउ गरेको हो।
उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।