वीरगञ्जको मेयरमा एमालेबाट सरावगी सिफारिस
टुडेपाटी-
वीरगञ्ज, चैत ३० गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।
एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बुधबार बसेको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीक उपाध्यक्ष महेश दासले जानकारी दिए ।
बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।
केही साता अघि मेयर सरावगी जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।
Sponsored