स्थानीय तहको चुनावमा सूर्य चिन्हबाट राप्रपा नेपाल चुनाव लड्ने
टुडेपाटी–
काठमाडौं, चैत ३० गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल सूर्य चिन्हबाट लड्ने भएको छ ।
बुधबार नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको हो ।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुबै पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।
दुई पार्टीको सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
Sponsored
राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा एमालेका उम्मेदवारलाई मदत गर्ने र एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको हो ।