TodayPati

सशस्त्र प्रहरी महानिरीक्षकमा १९ दिनका लागि केसी नियुक्त

टुडेपाटी–
काठमाडौं, चैत ३० गते ।

सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठतम् एआइजी केसीलाई नियुक्त गरेको छ।

चैत २८ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल अवकाशमा गएपछि आइजी पद खाली थियो।

Sponsored

मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको सिफारिसमा केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले जनाएको छ ।

अब केसी १९ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन्। तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन् ।

उनीसँगै एआइजी रामशरण पौडेल पनि केसीसँगै अवकाशमा जान्छन्। त्यसपछि सरकारले पुनः नयाँ आइजी नियुक्त गर्नुपर्ने हुन्छ।

Sponsored

अहिले डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धा छ।

सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आइजी नियुक्त गर्न सकिने प्रावधान रहेकाले उनीहरुमध्येबाट एकजनालाई सरकारले चाँडै एआइजी नियुक्त गर्नुपर्ने अवस्था छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *