बटेश्वर गाउँपालिका अध्यक्ष पदमा लोसपाबाट अजय राउत सर्वसम्मत उम्मेदवार
टुडेपाटी-
जनकपुरधाम, चैत २९ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषाको बटेश्वर गाउँपालिकामा युवा नेता अजय कुमार राउतलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि लोसपाले बटेश्वर गाउँपालिका अध्यक्षमा राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सोमबार बसेको लोसपा बटेश्वर गाउँ कमिटीको बैठकले राउतलाई अध्यक्ष पदको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।
पालिका उपाध्यक्ष र वडाअध्यक्षका उम्मेदवार भने टुंगो लगाउन बाँकी रहेको लोसपाले जनाको छ ।
चुनाव नजिकिँदै गर्दा बटेश्वर गाउँपालिकामा लोसपाले सक्रियता बढाएको छ ।
Sponsored