स्थानीय तहको निर्वाचनमा सेना परिचालन गरिने, राष्ट्रपतिले दिइन स्वीकृति
टुडेपाटी–
काठमाडौं, चैत २९ गते ।
स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न स्वीकृत दिएकी छन् ।
मंगलबार नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ (२) अनुसार सुरक्षा परिषद् र मन्त्रिपरिषद्को सिफारिसमा स्थानीय तह निर्वाचनमा सेना परिचालनको स्वीकृत दिएकी हुन् ।
गत चैत १७ गते सुरक्षा परिषद्ले एकीकृत सुरक्षा योजनाअन्तर्गत सेना परिचालनका लागि राष्ट्रपतिसँग सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्ले सेना परिचालनका लागि चैत २४ गते राष्ट्रपतिसँग सिफारिस गरेको थियो ।
Sponsored