महोत्तरीको भंगहा नगरपालिकाको मेयरका लागि लोसपाबाट वर्तमान मेयरको नाम सिफारिस
टुडेपाटी–
जनकपुरधाम, चैत २९ गते ।
महोत्तरीको भंगहा नगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टीले वर्तमान मेयरलाई नै सिफारिस गरेको छ ।
मंगलबार लोसपा भंगहाले सवंसम्मत रुपमा वर्तमान मेयर संजिवकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नगर कमिटीले उनको नाम सिफारिस गरेर जिल्लालाई पठाएको हो ।