मधेश सरकारको सिफारिसमा मंगलबार रातिदेखि अन्त्य हुँदै प्रदेशसभाको आठौँ अधिवेशन
टुडेपाटी–
जनकपुरधाम, चैत २९ ।
मधेश प्रदेश सरकारको सिफारिसमा मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य हुँदैछ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको सिफारिसमा प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।
मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर जानकारी गराएका हुन् ।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।
मंसिर २९ गतेदेखि सुरु भएको आठौँ अधिवेशन चार महिना चलेको हो । यस अवधिमा २० वटा बैठक बसेको र सरकारबाट तीनवटा विधेयक दर्ता भएको हो । चारवटा विधेयक सभाबाट पारित भएको हो । त्यस्तै एउटा विधेयक प्रमाणिकरण भएको हो ।
Sponsored
यस अधिवेशनमै चार वर्षदेखि हुन नसकेको प्रदेशको नामाकरण र राजधानीको टुंगो लागेको हो ।