शहिदनगर नगरपालिकामा लोसपाद्वारा मेयर र उपमेयरका लागि दुई/दुई जनाको नाम सिफारिस
टुडेपाटी–
जनकपुरधाम, चैत २९ गते ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टीले दुईजनाको नाम सिफारिस गरेको छ ।
लोसपाको नगर कमिटीले मेयरका लागि बिनोद प्रसाद रोहिता र रामकुमार भिनवारका नाम सिफारिस गरेको छ ।
त्यस्तै उपमेयर पदका लागि समेत दुईजनाको नाम सिफारिस गरेको हो ।
उपमेयरका लागि रिता देबि ठाकुर र राधा देबि मण्डलको नाम सिफारिस गरिएको लोसपाको पालिका कमिटीले जनाएको छ ।
आगामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।
Sponsored