बलराम महतोद्वारा जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा
टुडेपाटी-
जनकपुरधाम, चैत २६ गते ।
रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोले जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
जनकपुरमा शनिबार बिहान पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् ।
३० वर्ष निर्माण व्यवसायीको रुपमा काम गरेका महतोले पेशाबाट सन्यास लिँदै जनकपुरधामको विकासका लागि उम्मेदवारी घोषणा गरेको बताए ।
आफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
Sponsored