भित्र प्रदेश २ सभाको वार्षिकोत्सव, बाहिर “हमर किडनी लले, भुक्तानी ददे”
टुडेपाटी समाचारदाता-
जनकपुरधाम,माघ २१ गते ।
स्थापनाको दुईवर्ष पुरागरेको अवसरमा जनकपुर स्थित प्रदेश सभा २ ले मंगलबार दोश्रो वार्षिकोत्सव मनाइरहेको थियो । प्रदेशसभा प्रांगणमा प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सांसदहरु वार्षिकोत्सवमा रमाइरहेका थिए । नयाँ पोशाकमा प्रायः उपस्थितहरु सुसज्जित देखिन्थे । सबैको अनुहार हर्षित देखिन्थ्यो ।
त्यहि प्रदेशसभा बाहरि भने अर्कै पृथक दृश्य थियो । ‘असक्षम सरकार,निक्कमा मन्त्री राजिनामा दे ,हम्मर किडनी लेलिय,उपभोक्ताके भुक्तानी देदिय लगायतका मैथिलीमा लेखिएको लगायतको नारा प्लेकार्ड सहित एकहुल मानिस बसेका थिए । उनीहरुको अनुहार निन्याउरो र अक्रोशित देखिन्थे । ती मासिहरुको हुल थियो प्रदेश सरकारका संसदिय विकास कोष मार्फत बिभिन्न विकासे काम गरेका उपभोक्ता समितिका पदाधिकारीहरुको ।
हालसम्म प्रदेश सरकारले पूर्ण भुक्तानी नदएिको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरु धर्ना बसेका थिए । प्रदेश सरकारको बजेटबाट बिभिन्न विकासे काम गरेका उपभोक्ता समितिले हालसम्म आफ्नो आर्थिक वर्ष २०७५।०७६ को पूर्ण भुक्तानी नदिएको भन्दै आन्दोलनको कार्यक्रमहरु गर्दै आएका छन् । केहिदिन अघि जनकपुरमै मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको फोटो सहितको व्यानर समेत सार्वजनिक स्थलमा झुण्ड्याएर उनीहरु जुत्ता प्रहार गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरुलाई प्रहरीले पक्रपाउ गरेर छाडेको थियो ।
उपभोक्ता संघर्ष समितिका रोशनसिंह राणाले पछिल्लो आर्थिक वर्षकै सरकारले भुक्तानी नगर्दा आफूहरु ठूलो समस्यामा परेको गुनासो गरे । भुक्तानी नदिएसम्म प्रदेश सरकारविरुद्ध उपभोक्ता समितिको आन्दोलन जारी रहेने उनले बताए ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा सम्पन्न ८ सय ४२ योजनाहरु मध्ये उपभोक्ताहरुको ८६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
Sponsored