चैती छठपर्व सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा चारदिनसम्म मनाइने चैती छठ पर्व आज सम्पन्न भएको छ ।
बिहीबार साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्य देव आर्थत दिनानाथलाई पूजा सामग्री अर्घ दिएपछि चैती छठ पर्व विधिवत सम्पन्न भएको हो ।
मंगलबारदेखि सुरु भएको छठ पर्वको तेश्रो दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।
चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन दिन खरना पर्व मनाईन्छ ।
पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।
Sponsored
चैती छठको अवलोकन गर्न बिहीबार साँझ र शुक्रबार बिहान जनकपुरधामको गंगासागर र अंंगराजसरमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।
अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।
कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।
चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।
धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमा मनाईने यो पर्व केही वर्ष पूर्व सम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।