वैदेशिक रोजगारीमा कतार गएका मधेशका युवक अम्रेशको सवारी दुर्घटनामा ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, चैत २४ गते ।
रोजगारीका लागि कतार गएका मधेश प्रदेशका एक युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका ११ का ३४ वर्षीय अम्रेश कुमार जैसवालको सवारी दुर्घटनामा कतारमा मृत्यु भएको हो ।
अनुसार ६ महिना अघि वैदेशिक रोजगारीका लागि कतारको राजधानी दोहा गएका अम्रेशको मंगलबार सवारी दुर्घटनामा परेर मृत्यु भएको परिवारजनले जनाएको छ ।
डेलिभरीको काम गर्ने जैसवाललाई मोटरसाइकलमा हिँडिरहेका बेला पछाडिबाट कारले ठक्कर दिएपछि मृत्यु भएको उनका छिमेकसाथी शम्भु मगरले जानकारी दिए ।
मगरका अनुसार मृतक अम्रेशको शव नेपाल ल्याउन आफूहरुले पहल भइरहेको छ ।
Sponsored
मृतक जैसवालको परिवारलाई कतार सरकारको नियम अनुसार पाउने रकम दिलाउन पनि पहल गरिरहेको मगरले बताए ।
त्यहाँको प्रहरीले भने कार चलाइरहेकी कतारी महिलाको दोष देखाउन इन्कार गरिरहेको बुझिएको छ ।
मृतक जैसवालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।