सर्लाहीमा गोली दागेर एक जनाको हत्या
टुडेपाटी-
सर्लाही, चैत २३ गते ।
सर्लाहीमा गोली दागेर एक भारतीय नागरिकको हत्या भएको छ ।
बुधबार साँझ मोटरसाइकलमा भारति तिरबाट आएका अज्ञात व्यक्तिले मलंगवा नगरपालिका वडा नं ९ मा भारतीय नागरिकमाथि नै गोली प्रहार गरी हत्या भागेका छन् ।
गोली प्रहारबाट भारतीय नागरिक इन्दल महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका महतोलाई मलंगवास्थित अस्पतालमा उपचारको लागि लगिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका व्यक्ति भने गोलि प्रहार गरेर भारततर्फ नै भागेका छन्। फरार व्यक्तिको खोजि भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
Sponsored
यसअघि मधेश प्रदेशकै धनुषा जिल्लामा गोली प्रहार गरी गए राति एक युवकको हत्या भएको थियो ।
बुधबार दिउँसो धनुषाको हंसपुर नगरपालिका ७ स्थित गहुँ खेतमा सोही स्थानका १८ वर्षीय विजय महराको गोली दागेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।