हृदयविदारक तस्बीर : रुस-युक्रेन युद्धमा मालिक मारिए, कुकुर पर्खेर बसिरहे
एजेन्सी-
जनकपुरधाम, चैत २३ गते ।
रूस र युक्रेन बीचको युद्धले धेरैको ज्यान लियो ।
हृदयविदारक तस्बिरहरु दिनदिनै बाहिर आइरहेका छन्, तस्विर देखेर हामी स्तब्ध हुन्छौँ, सोच्नुहोस् यो पीडा भोग्नेहरुको अवस्था के होला ४५ लाखभन्दा बढी लाख नागरिकले युक्रेन छोडेर अन्य देशमा शरण लिएका छन् ।
मानिस मात्र होइन, त्यहाँका जनावर पनि मरिरहेका छन् ।
थाहा छैन कति कुकुर र बिरालाहरू मालिकबाट खोसिए र घर-घर घुम्न बाध्य भए। कोही गोलीको सिकार भएका छन् भने कोही खाना नपाएर भोकभोकै मरेका छन् ।
तर युक्रेनबाट यस्तो तस्बिर आएको छ, जसलाई देखेर तपाईको मन दुखी हुनेछ ।
Sponsored
यो तस्बिरलाई NEXTA नामको मिडिया संस्थाले ट्वीटरमा सेयर गरेको छ, उनीहरुले क्याप्सनमा लेखेका छन्– कुकुरले मालिकलाई मरेपछि पनि एक्लै छोडेन ।
यो व्यक्तिलाई रुसीहरूले कीभमा मारेका थिए।
यो तस्विर हेर्दा तपाईलाई जापानी कुकुर हाचिको याद हुनेछ, जसले मालिकको मृत्युको ९ वर्षसम्म पर्खे र अन्ततः त्यहीँ मरे ।