TodayPati

नियुक्त भएको एक दिनमै श्रीलंकाका अर्थ मन्त्रीले दिए राजीनामा

एजेन्सी–
काठमाडौं, चैत २२ गते ।

नियुक्त भएको एक दिनमै श्रीलंकाका अर्थ मन्त्री अली साबरीले राजीनामा दिएका छन् ।

सोमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गरेका थिए तर उनले पनि मंगलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

Sponsored

समाचार संस्था एएनआईका अनुसार साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको जनाएको छ ।

साबरी आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहेका थिए भने सोमबार उनले पनि सामूहिक रुपमा राजीनामा दिएका थिए । सोही दिन बेलुका उनले अर्थ मन्त्रीको रूपमा शपथ लिएका थिए ।

श्रीलंंकामा अहिले आर्थिक संकट रहेको छ । यहाँ दैनिक उपभोग्य वस्तु समेत पाउन छाडेका छन् ।

Sponsored

कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ, केही अस्पतालमा शल्यक्रिया प्रभावित भएको छ । अहिले दैनिक १६ घण्टाभन्दा धेरै लोडशेडिङ सुरु भएको हो ।

नागरिकहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन गरेपछि राजधानी सहितका केही सहरमा कर्फ्यु लगाएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *