TodayPati

स्थानीय निर्वाचनका तत्कालै उम्मेदवारको टुंगो नगर्न कांग्रेसको सर्कुलर

टुडेपाटी–
काठमाडौं, चैत २२ गते ।

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई सर्कुलर गरेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका समय कांग्रेसले मौखिक रुपमा सर्कुलर गरेको हो।

Sponsored

कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको जानकारी दिए।

उनले अहिलेसम्म जे जति काम भएको छ त्यसलाई अहिले होल्ड राख्न केन्द्रीय कार्यालयबाट टेलिफोनमा भनिएको बताए ।

यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो।

Sponsored

केन्द्रीय परिचालन समितिले वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो । तर अहिले आएर टुंगो नलगाउन सर्कुलर गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *