विदेह नपाकी उपप्रमुख एमालेमा प्रवेश, जनकपुरधामका सुशिल कर्णले पनि रोजे एमाले
टुडेपाटी–
जनकपुरधाम, चैत २२ गते ।
माओवादी केन्द्रबाट निर्वाचित धनुषाको विदेह नगरपालिकाकी उपप्रमुख निलम मण्डल एमालेमा प्रवेश गरेकी छिन् ।
गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव एमालेमा प्रवेश गरेको एक दिन नबित्दै उनले प्रवेश गरेकी हुन् ।
त्यस्तै मधेस आन्दोलनको समय अग्रस्थानमा रहेका युवा सुशिल कर्ण पनि एमालेमा प्रवेश गरेका हुन् ।
मधेस केन्द्रित दल त्याग्दै उनले एमालेमा प्रवेश गरेका छन्। उनीसँगै व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादवसमेत एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नवप्रवेशीलाई पार्टीमा प्रवेश गराएका हुन् ।
Sponsored