TodayPati

मधेश प्रदेश : कुट्टी काट्ने मेसिनमा काटियो बालकको पुरै हात, ट्रमा सेन्टरले जोडिदियो

टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।

धनुषामा एक पाँच वर्षीय बालकको छिनेको हात ट्रमा सेन्टरमा सफलतापूर्वक शल्यक्रिा गरी जोडिएको छ ।

धनुषाको जटही नगरपालिकाका ५ वर्षीय कुल्दीप मण्डलको कुटी काट्ने मेसिनमा छिनेको हात काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा सफलतापूर्वक जोडिएको हो ।

Sponsored

गत फागुन ९ गते साँझ करिब साढे ५ बजे कुल्दीप आफ्ना साथीसंग खेलिरहेको बेला कुट्टी काट्ने मेसिनमा हात छिराएका थिए । बिजुलीको मोटरमा जडान गरिएको सो कुट्टी काट्ने मेसिनको एक बालकले स्वीच थिचेपछि कुल्दीपको दायाँ हातको नाडीभन्दा मुनिको भाग काटिएको थियो ।

पूर्ण रुपमा काटिएको हात सुरुमा बालकहरुले नै आफै जोड्ने प्रयास गरेका थिए ।

पछि कुल्दीपका काका प्रादेशिक अस्पताल जनकपुरमा हातको टुक्रासहित भर्ना गराएका थिए । अस्पतालमा चिकित्सकले हात जोडिन सक्ने बताएपछि हातको टुक्रा ‘आइस बक्स’मा हालेर त्यही दिन साँझ प्लेनमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो ।

Sponsored

ट्रमा सेन्टरमा चिकित्सकले सोही दिन साढे ११ बजेतिर १५ घण्टा लगाएर शल्यक्रिया गरी छिनेको हात जोडेको थियो । १५ घण्टा लगाएर छिनेको हातको सफल शिल्यक्रिया गरी जोडेको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद जोशीले बताए ।

कुल्दीप अहिले ट्रमा सेन्टरको प्लास्टिक वार्डको बेड नं. ६२४ मा छन् । छोराको घाउ निको हुँदै गएको बुबा नवीनले बतए । नवीन भारतको दिल्लीमा मजदुरी गर्दै आइरहेका छन् । घटनाको ३ दिनपछि उनी नेपाल फर्किए थिए । छोराको हात जोडिएर घाउ निको हुन लाग्दा बुबा नविन खुसी छन् ।

बालकको घरको आर्थिक अवस्था कमजोर रहेको कारण अस्पतालले परिवारको शल्यक्रिया तथा आईसीयूको खर्च निःशुल्क गरिदिने जनाएको छ ।

रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरीबाट १ महिनाअगाडि नै शल्यक्रिया गरिएको भए पनि बालकको अवस्थाबारे अस्पतालले आइतबार मात्र सार्वजनिक गरेको हो ।

शल्यक्रियामा संलग्न प्लास्टिक शल्यचिकित्सक डा.पशुपतिबाबु पोखरेलका अनुसार औँला, हातहरू जोडिनका लागि गरिने शल्यक्रिया भइरहे पनि बालकमा यस्तो प्रकारको शल्याक्रिया ट्रमामा गरिएको पहिलो पटक हो । सानो बालकमा भएको यो नेपालमै पहिलोपटक हो । अरु उमेर समूहमा सम्पन्न भइसकेकाबे छ । अब बालकले हातको औँला चलायमान गराउन फिजियोथेरापी भने गराइ राख्नु पर्ने चिकित्सकले बताएको छ ।

डा. पोखरेलका अनुसार दुर्भाग्यवश हात तथा औँला चुँडिएमा कम्तीमा ६ घण्टाभित्र अस्पतालमा ल्याइसक्नुपर्छ । ‘हात चुँडिएको खण्डमा ६ देखि ८ घण्टा हो । नभए ६ घण्टा कट्न दिनुहुन्न । किनभने रगतको नसा खुम्चिएपछि जोड्न गाह्रो हुन्छ ।

चुँडिएको टुक्रालाई जोगाउन चिसो कपडाले बेरेर प्लास्टिकको झोलामा हाली बरफ भएको बक्सामा हाल्नुपर्ने उनले बताए ।

समाचार तस्बीर :कान्तिपुरको सहयोगमा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *