TodayPati

सप्तरीमा माओवादी केन्द्रको महादेवा गापा स्तरीय निर्वाचन प्रचार प्रसार मुल समिति गठन

शुभ नारायण यादव–
सप्तरी, चैत २१ गते।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) सप्तरीले उम्मेदवार घोषणा सुरु गरेको छ ।

माओवादी केन्द्रले महादेवा गाउँपालिका–१ मा राधेश्याम यादवलाई वडाध्यक्षको उम्मदेवार बनाएको धोषणा गरेको छ ।

Sponsored

सर्वसहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्र महादेवा गाउँपालिका अध्यक्ष मनोज यादवले जानकारी दिए । उनले चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेको बताए ।

सप्तरीमा १८ वटा पालिका रहेको छ । ती पालिकामा १६३ वडा रहेको छ ।

निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति तय गरिएको हो ।

Sponsored

यसैबीच आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्र महादेवा गापा स्तरीय निर्वाचन प्रचार प्रसार मुल समिति गठन गरिएको हो । समितिमा ५५ जना रहेका छन् ।

मनोज कुमार यादवको सयोजकत्वमा ५५ सदस्यी समिति गठन गरिएको हो ।

महादेवा गाउँपालिकामा १६ हजार ८ सय ५० जना मतदाता रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *