शहीद रामवृक्षका भतिज र गणेशमान चारनाथकी उपमेयर एमालेमा प्रवेश
टुडेपाटी–
काठमाडौं, चैत २१ गते ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा नेताहरुले दल परिवर्तनलाई तिव्रता दिएका छन् ।
सोमबार माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादव एमाले प्रवेश गरेका छन् । उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।
त्यस्ते धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमालेमा प्रवेश गरेकी हुन् ।
Sponsored