श्रीलंकाका गभर्नरले पनि दिए राजीनामा
एजेन्सी–
कोलोम्बो, चैत २१ गते ।
श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर अजित निर्बाद कबरालले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले पदबाट राजीनामा दिएका हुन् ।
कबरालले सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएको सन्दर्भमा आफूले पनि आज राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका थिए। आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन् ।
शनिबार संकटकाल घोषणा भएपछि शनिबार बेलुकादेखि कर्फ्यू लगाइएको थियो। ।
राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्।
Sponsored
यता सबै मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटवाया राजापाक्षेले सबै दललाई सरकारमा आउन आग्रह गरेका छन्।
समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार आफ्नो राजीनामा मागिरहेका विपक्षी दलहरूलाई सरकारमा आउन आग्रह गरेका हुन् ।