TodayPati

जनकपुर जयनगर रेल सेवा : पहिलो दिनमा १५ सय जनाले गरे यात्रा, कति भयो कमाई ?

टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।

शनिबारबाट संचालनमा आएको कुर्था जनकपुर जयनगर रेल्वे सेवामा पहिलो दिन १५ सय यात्रुले यात्रा गरेका छन् ।

आइतबार पहिलो दिन १ हजार ५ सय यात्रुले यात्रा गरेको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

उनका अनुसार पहिलो दिन यात्रुबाट भाडा स्वरुप ८० हजार रुपैयाँ आम्दानी भएको छ ।

रेल सेवा घाटामा नजान दैनिक कम्तीमा दुई लाख रुपैयाँ आम्दानी हुनु पर्ने महाप्रवन्धक झाको भनाइ छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्ली स्थित हैदराबादबाट झण्डा हल्लाएर रेलको उदघाटन गरेका थिए ।

Sponsored

अहिले दैनिक दुईपटक ओहरदोहर गर्ने गरी रेल संचालनमा आएको हो ।

पहिलो चरणमा जनकपुरधामको कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालनमा आएको छ ।

जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।

२०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *