चुनावी तालमेलको विषयमा मधेश प्रदेशमा सत्ता गठबन्धनको छलफल, वडासम्मको तथ्यांक संकलन गर्ने
टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।
चुनावी तालमेलको विषयमा छलफल गर्न मधेश प्रदेशमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ ।
बैठकले चैत २२ गते (मंगलबार)सम्म मधेश प्रदेशको १३६ वटै स्थानीय तहको वडासम्म कुन पार्टीको वर्तमान स्थिति के छ भन्ने तथ्यांक संलकन गर्ने, गठबन्धन चुस्त दुरुस्त बनाउने विषयमा निर्णय भएको नेकपा माओवादी केन्द्रका नेता योगकुमार बरबरियाले जानकारी दिए ।
‘चैत २२ गतेसम्म प्रत्येक स्थानीय तहको १३६ स्थानीय तहको वडासम्म कुन पार्टीको वर्तमान स्थिति के छ भन्ने तथ्यांक संलकन गर्ने र गठबन्धन चुस्त दुरुस्त बनाउने विषयमा छलफल भएको छ’ मधेश प्रदेश माओवादी केन्द्रका सचिव समेत रहेका बरबरियाले भने ।
बैठकमा सबै दलका प्रतिनिधिले गठबन्धन र चुनावी तालमेलको विषयमा धारना राखेका थिए । सबै सकरात्मक देखिएकाले तालमेलको सम्भावना प्रवल रहेको उनले बताए ।
तथ्यांक संकलन पश्चात केन्द्रमा पठाउने र केन्द्रबाटै तालमेलको विषयमा निर्णय गर्ने उनको भनाइ छ ।
Sponsored
आइतबार जनकपुरधाम स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको गठबन्धन बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रदेश कमिटीका प्रतिनिधिहरुको सहभागिता थियो ।