फेरि बढ्यो गाडी भाडा, जनकपुरधाम देखि काठमाडौंको कति ?
टुडेपाटी–
काठमाडौं, चैत २० गते ।
सरकारले लामो दुरीमा चल्ने सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ ।
यातायानत व्यवस्था विभागले पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको जनाएको छ ।
यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो ।
Sponsored
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छिन् ।
२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ । असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो ।
पेट्रोलको मूल्य अहिले प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।
अब मूल्य बढेपछि जनकपुरधाम देखि काठमाडौंँको भाडा १ हजार १५ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै जनकपुरधाम देखि सिन्धुलीको २१९, हेटौडाँको ४३७, गोरखाको ७९८ भाडा निर्धारण गरिएको हो ।