TodayPati

पाकिस्तानको संसद विघटन गर्न प्रधानमन्त्री इमरान खानद्वारा सिफारिस

एजेन्सी–
काठमार्डौैं, चैत २० गते ।

पाकिस्तानको संसद विघटन गर्न प्रधानमन्त्री इमरान खानले सिफारिस गरेका छन् ।

प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्ताव संसदले खारेज गरेसँगै राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् ।

Sponsored

देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ ।

प्रधानमन्त्री खानले आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् ।

Sponsored

प्रधानमन्त्री खानले सभामुखले आफ्नो संवैधानिक शक्ति प्रयोग गरी लिएको निर्णयपछि आफु व्यवस्थापिका–संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *