पाकिस्तानी प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्ताव खारेज
एजेन्सी-
काठमाडौं, चैत २० गते ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध परेको अविश्वासको प्रस्ताव खारेज भएको छ ।
खानको सरकार विरुद्धको अविश्वासको प्रस्तावलाई मतदान अघि नै राष्ट्रिय सभाका उप–सभामुखले असंवैधानिक बताउँदै खारेज गरेका छन् ।
यो सत्र राष्ट्रिय सभाका उप–सभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो ।
उप–सभामुखले अविश्वासको प्रस्ताव असंवैधानिक भएको जिकिर गर्दै खारेज गरेका हुन् ।
अब पाकिस्तानको राष्ट्रिय सभाको बैठक २५ अप्रिलसम्मका स्थगित भएको छ ।
Sponsored