TodayPati

मधेश प्रदेशमा चुनावी तालमेलको लागि सत्ता गठबन्धनको बैठक बस्दै

टुडेपाटी-
जनकपुरधाम, चैत २० गते ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि मधेश प्रदेशमा गठबन्धनका लागि सत्ता घटक दलहरू एकजुट भएका छन् ।

नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालयमा मधेश प्रदेशमा स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

Sponsored

बैठकमा चार दलको बैठक बस्न लागेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरीया जीवनले जानकारी दिए ।

सो बैठकमा सहभागी दलले आ–आफ्नो पार्टी संगठनको अवस्थाबारे, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गरिने सचिव बरबरीयाले बताए ।

आज बस्न लागेको गठबन्धन दलको बैठकमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल दलहरू सहभागिता हुनेछ ।

Sponsored

आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विभिन्न कार्यक्रम रहेकाले बैठक केही ढिला गरी सुरु हुने उनले भने ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा रहेको चार दलीय गठबन्धनको बैठक पहिलो पटक हुन लागेको छ ।

स्थानीय तहको निर्वाचनका लागि सबै दलका प्रमुख नेताहरू अहिले मधेश केन्द्रित भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *