भारतको हस्तक्षेपपछि घट्यो बिजुलीको मूल्य, नेपालाई पनि फाइदा
टुडेपाटी–
काठमाडौं, चैत १९ गते ।
भारतले हस्तक्षेप गरेपछि बिजुलीको मूल्य घटेको छ । निरन्तर बिजुलीको मूल्य उकालो लाग्दै दिनहुँ नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ ।
रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी भारतीय सरकारले बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।
भारतमा रुस र युक्रेनबीच युद्ध सुरू भएपछि बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।
भारतमा आयोगले कायम गरेको बिजुलीको मूल्य आउँदो सोमबारदेखि लागू हुनेछ । र, सोहीअनुसार नेपाल विद्युत प्राधिकरणले पनि बिजुली १२ भारूमै किन्न पाउनेछ ।
रुस र युक्रेनबीचको युद्धका कारणले भारतमा बिजुलीको माग २५ प्रतिशतसम्मले बढेको छ ।
Sponsored
पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापीरूपमा बढेपछि भारतमा बिजुलीको माग बढेको हो । जसका कारण मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।