नेपालको फराकिलो जित
टुडेपाटी–
काठमाडौँ, चैत १९ गते ।
नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियालाई ८५ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल तयार पारेको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नटआउट शतक प्रहार गरे। उनले ५७ बल खेल्दै १० चौका र ६ छक्काको मद्दतमा ११० रन बनाए।
यस्तै रोहित पौडेलले अर्धशतक बनाए । उनले ३४ बलमा ५१ रन जोडेका थिए ।
यस्तै आशिफ शेखले १८, मोहम्मद आदिल आलमले १४ र कुशल भुर्तेलले १२ रन बनाए ।
Sponsored
बलिङतर्फ मलेसियाका मुहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इदरुस र मुहम्मद अमिरले एक–एक विकेट लिए।
२२४ रनको विशााल लक्ष्यसहित जवाफी व्याटिङ गरेको मलेसियाले १९ ओभर ५ बलमा
१३८ रन बनाएर अलआउट भए । मलेसियाको तर्फबाट विरानदीप सिंहले ४७, अहमद फैजले ३३, सइद अजिजले १७ र अइनुल अफिजले १८ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३, कमल ऐरी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । त्यस्तै कुशल भुर्तेल र रोहित पौडेलले समान एक–एक विकेट लिए ।
अब मलेसिया सिरिजबाट बाहिरिएको छ भने पपुवा न्यु गिनी नेट रनरेटका आधारमा फाइनलमा पुगेको छ ।