TodayPati

भारतले पठायो पेट्रोलियम पदार्थको नया मूल्यसूची, ग्यासको भाउ झण्डै ३ सयले बढ्ने

टुडेपाटी-
जनकपुरधाम, चैत १९ गते ।

पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम जारी छ । यसै बीचमा भारतले शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई शुक्रबार पठाएको हो।

Sponsored

यसले अप्रत्यासित रुपमा पेट्रोलियम पदार्थको भाउ पुनः बढ्ने सम्भावना बढेको छ ।

निगमका अनुसार अप्रिल १ तारिख आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य थोरै घटेको छ।

आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

Sponsored

नयाँ सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर २ पैसाले बढेर आएको छ। निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँ १९ पैसाले बढेर आएको छ।

उता हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

उता खाना पकाउने एलपी ग्यासको मूल्य पछिल्लो पटक प्रतिसिलिन्डर २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको छ। यसले नेपालीको चुल्हो महँगिने पक्का भएको छ।

रुस(युक्रेन युद्धसँगै निरन्तर उकालो लागिरहेको डिजेल(पेट्रोलमा मूल्य वृद्धि रोकिँदा उपभोक्तालाई केही राहत भएको छ।

नयाँ मूल्यसूचीअनुसार हाल कायम बिक्री मूल्यअनुसार १५ दिन ५ अर्ब २१ करोड घाटा कायमै रहने निगमले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *