TodayPati

जनकपुरधाम–जयनगर रेल चढ्न यी कागजात अनिवार्य चाहिने !

टुडेपाटी–
जनकपुरधाम, चैत १८ गते ।

नेपाली रेल आइतवार देखि सर्वसाधारणका लागि सञ्चालनमा आउन लागेको छ ।

शनिवार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल प्रविधिबाट रेलको शुभारम्भ गर्न लागेका हुन् ।

Sponsored

रेलको उद्घाटन पश्चात प्रत्येक दिन दुई पटक नेपाली रेल जनकपुरधामको कुर्था देखि भारतको जयनगरसम्म गुड्ने छ । तर खुल्ला बोर्डर र सुरक्षालाई मध्यनजर गर्दै केही कागजात अनिवार्य गरिएको हो ।

सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ ।

नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धनक निरञ्जन झाले जानकारी दिए ।

Sponsored

यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।

१० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी बैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहचान पत्र लिनु पर्ने जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *