TodayPati

प्रधानमन्त्री देउवा भारत प्रस्थान

टुडेपाटी–
काठमाडौं, चैत १८ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारीक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

तीन दिवसीय भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।

Sponsored

प्रस्थान गर्नुअघि प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री देउवालाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए ।

देउवा भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

आज अपरान्ह साढे चार बजे नै प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

Sponsored

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यस पश्चात उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

शनिवार प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही क्रममा नेपाल रेल्वेको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने प्रधानमन्त्री देउवाको कार्यक्रम छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *