औपचारीक रुपमा कुनै दलसँग गठबन्धनका लागि छलफल भएको छैन् : लिङदेन
टुडेपाटी–
जनकपुरधाम, चैत १८ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तहको निर्वाचनका लागि कुनै दलसँग औपचारीक रुपमा गठबन्धनका लागि कुरा नभएको बताएका छन् ।
यद्यपी उनले आवश्यकता अनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलसँग चुनावी तालमेल हुन सक्ने बताएका छन् ।
शुक्रबार जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरागर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
अघिल्लो निर्वाचनमा सबै स्थानबाट आफुहरुको पार्टीबाट उम्मेदवार नउठेकाले यस पटक सबै स्थानीय तहबाट उम्मेदवार उठाउने तयारी रहेको उनले बताए ।
उनले एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल गर्न सक्ने बताए ।
Sponsored
लिङदेनले राप्रपाले जितेको स्थानीय तहलाई नमूनाको रुपमा विकाससंगै जनतालाई प्रत्यक्षरुपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासन आफूहरुको एजेण्डा रहेको बताए ।
उनले यस निर्वाचनमा जतिमा जिते त्यसलाई नमूना बनाउने बताए । ‘राप्रपाले जितेको स्थानीय तहहरुबाट हेराउँछौँ राप्रपाले देशकै नेतृत्व गरे कस्तो विकास हुन्छ’, उनले भने ।