TodayPati

आइतवारदेखि दैनिक दुई पटक नेपाल रेल्वे गुड्ने

टुडेपाटी–
जनकपुरधाम, चैत १८ गते ।

आइतवार देखि दैनिक दुई पटक नेपाल रेल्वे गुड्ने भएको छ ।

शनिवार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल विधिबाट रेल्वेको शुभारम्भ गरेपछि दैनिक दुई पटक रेल गुड्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।

Sponsored

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल्वे शनिवार साढे १२ बजे जयनगरबाट गुड्ने महाप्रबन्धक झाले बताए ।

उनले दुबै देशका प्रधानमन्त्रीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा रेल्वे उद्घाटन गर्ने बताए ।

रेल्वे उद्घाटनपश्चात प्रत्येक स्टेशनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने उनले बताए ।

Sponsored

‘अभिनन्दनका लागि हरेक स्टेशनमा छात्रछात्रा नेपाल र भारतको झण्डासहित रेल्वेमा आउँछन्’, उनले भने, ‘रेल कुर्था पुगेर फर्केपछि जनकपुरधाममा कार्यक्रम हुनेछ।’

उद्घाटन भएपछि आइतबारदेखि दैनिक आउने र जाने गरी रेल दुई पटक चल्ने महाप्रबन्धक झाले जानकारी दिए।

बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ। दुई घण्टामा कुर्था स्टेशन पुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे भने जयनगरका लागि रेल चल्ने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए।

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनले बताए। यसरी नै रेल्वे दैनिक रुपमा दुईपटक नियमित रुपमा सञ्चालनमा आउने महाप्रवन्धक झाले बताए ।

न्युरोगेजबाट ब्रोडगेज रेल सञ्चालनका लागि रेल्वे सेवा बन्द भएको थियो ।

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *