सिरहाको औरही गाउँपालिका उपाध्यक्ष सीताले गरिन् जसपा परित्याग
टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।
सिरहाको औरही गउँपालिका अध्यक्ष सीता कुमारी यादवले जनता समाजवादी पार्टी (जसपा) छाडेकी छन् ।
उपाध्यक्ष यादवले बिहीबार जसपाका सिरहा जिल्ला अध्यक्षलाई एक पत्र लेख्दै आफू साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएकी हुन् ।
यादव२०७४ सालको स्थायी चुनावमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
इमान्दारी वफादारीपूर्वक सो पदमा रहेर काम गर्दा पनि पार्टीले असहयोग गरेकोको आरोप लगाउँदै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको पत्रमा उल्लेख गरेकी हुन् ।
उनले पत्रमा लेखेकी छन् -‘मैले पार्टी प्रति ईमान्दारी वफादारी, र कर्तव्यनिष्ठ भएर कामकाज गरिदै आईरहेको थिए तर यस पार्टीका बिडम्बना जिल्ला जसपाको कार्य समितिमा निवेदन दिँदा निवेदनको सुनवाई नहुने केन्द्रिय अध्यक्षको निर्देशनलाई पालना जिल्ला अध्यक्षले नगर्ने केन्द्रिय अध्यक्षलाई ज्ञापन पत्र दिँदा केन्द्रिय अध्यक्षले पनि चासो र मतलब नराख्ने पार्टी विप।रीत काम गर्ने लाई करवाही नगर्ने व्यक्तिवादी हावी भएकोले म माथी अन्तघात गरेको राम्रो कामको मूल्याइन नगरेको र उल्टै अपमानित गर्ने जस्ता प्रवृत्तिले गर्दा मैले जसपा नेपाल पार्टीबाट साधारण सदस्य समेत नरहने गरी पार्टीबाट परित्याग गर्दछु ।’
Sponsored