सप्तरीमा हत्या आरोपमा वडाअध्यक्ष पक्राउ
शुभनारायण यादव-
राजविराज, माघ २१ गते ।
सप्तरीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साबिक देउरी भरुवा गाबिस ७ हाल राजबिराज नगरपालिका वडा न. १५ का वडाअध्यक्ष राम प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पक्राउ परेका यादवले एक जनाको हत्या गरेको आरोपित रहेको तथा उहाँ फरार प्रतिवादी रहेकाले वडाअध्यक्ष यादवलाई पक्रउा गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण पर्साइले जानकारी दिनुभयो ।
पक्राउ परेका वडाअध्यक्षलाई जिल्ला अदालतमा बुझाईएको तथा घटनाको आवश्यक अनुसनधान कार्य भईरहेको एसपी प्रसाईले जानकारी दिनुभयो।
Sponsored